पोखरा, ४ माघ /पोखरा महानरपालिका १० औद्योगिक क्षेत्रमा दुर्घटना हुदाँ आठ जना घाइते भएका छन् ।
पोखराबाट दमौलीतर्फ जाँदै गरेको बा ४ ख ८४१६ नम्बरको हाईस र काठमाण्डौबाट पोखरा आउँदै गरेको ग १ ख ८५२१ नम्बरको बस ठक्कर खाँदा माईक्रो चालक र सहचालक सहित ८ जना घाइते भएका छन् ।
घाइतेहरुको पोखराका पश्चिम क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र फेवासिटी अस्पतालमा उपचार भएको छ ।