पोखरा, ४ कात्तिक / दशैंको समयमा कास्की जिल्लामा १२ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।
तीन वटा गम्भिर दुर्घना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका पोखराका प्रवक्ता शिव प्रसाद पाठकले जानकारी दिए । उनले असोज २४ गते घटस्थापनादेखि कात्तिक ४ गते सम्म भएका दुर्घटनामा ७ जना घाईते भएको र तीन वटा गम्भिर प्रकृतीका दुर्घटना भएको बताए ।
उनले पोखराको बुलौदीमा बाराही चोक र सिर्जनाचोकमा दुर्घटना मादक पदार्थ सेवन (मापसे) गरी तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना भएका उनले बताए । दशैको बेलाको ७ सय ८१ सवारी चालकलाई कारवाही गरी पाँच लाख २९ हजार राजश्व संकलन भएको उनले बताए ।