गण्डकी प्रदेशका ठाउँ ठाउँमा दुर्घटना, ७ को मृत्यु ७० बढि घाइते

पोखरा, ४ कात्तिक / गण्डकी प्रदेशका ठाउँ ठाउँमा सवारी दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ भने ७० बढि घाइते भएका छन् ।

नवलपुरको मध्यबिन्दु नगरपालिका ११ बाहुनिकुना स्थित पूर्व पश्चिम राजमार्गमा ईटहरीबाट भैरहवातर्फ आउदै गरेको लु १ ख ८४५४ नम्बरको बस दुर्घटनाम हुदाँ ६ जनाको मृत्यु भएको छ ।

अनियन्त्रित भई सडकबाट अन्दाजी ५०मिटर तल खस्दा बसमा सवार ५० जना मध्य ५ जनाको घटनास्थलमा नै र १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रदेश ४ प्रहरी कार्यलय पोखराका प्रवक्ता प्रहरी नायव निरिक्षक गोविन्द पुरीले जानकारी दिए ।

मृत्यु हुनेमा मोरङको सुन्दरहरैचा बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी बस्ने २७ वर्षीय रामजित राई, सुनसरीका ३२ वर्षीय अव्दुल अन्सारी, भारतको बिहार बस्ने विद्यानन्द यादव, भारतको गोरखपुरका दिपक पाशवन रहेका छन् भने एक जनाको सनाखत हुन सकेको छैन ।

घाइतेहरु मध्ये ३९ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

त्यसै गरि स्याङजा जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १९ जना घाईते भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका ७ गल्याङ पिढिखोला भित्र सडक खण्डको गारन्दीमा सिरौसाबाट गल्याङतर्फ आउदै गरेको लु१ज ३३८० नम्बरको पिकअफ जिप ब्रोक फेल भई सडक देखी अन्दाजी १० फिट तल खस्दा एक जनाको मृत्यु भएको हो ।

अन्य १९ जना घाईते भएका छन् । मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका ७ का ३२ वर्षीय राम प्रसाद भण्डारी रहेका छन् । घाईतेहरुलाई उपचारको लागि लुम्बिनि मेडिकल कलेज प्रभास लगिएको छ ।

त्यसै गरि गोरखा, नवलपुर र पर्वतमा सवारी दुर्घटनामा परि ७ घाइते भएको पुरीले जानकारी दिए ।

कमेन्टहरु
Loading...