पोखरा, १० असोज/ जन एकता सहकारी संस्था लिमिटेडको चोरीमा संलग्न ३ जनालाई कास्की प्रहरीले पक्राउ
गरेको छ । पोखरा महानगरपालिका ६ बुलौदिबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पोखरा १४ रामबजार बस्ने अञ्जली गुरुङ (२०), पोखरा ७ एयरपोर्ट बस्ने बिनिता गुरुङ (२२), पोखरा
६ गौरीघाट बस्ने कमल ठगुन्ना (१८) रहेका छन् ।
उनीहरुलाई प्रहरीले ५ लाख ३८ हजार ८० रुपैयाँ सहित बरामद गरेको छ । गत भदौ ३१ गते सहकारीबाट नगद
९ लाख १४ हजार चोरी भएको थियो ।
चोरी भएको खबर पाउनासाथ गोप्य रुपमा खोजिकार्य सुरु गरेको प्रहरीले जनाएको थियो ।
