बेगनास तालमा डुङ्गा दुर्घटना ८ जनाको नाम सनाखत, १ को बाँकी

पोखरा, २३ भदौ
बेगनास तालमा डुङ्गा दुर्घटनामा परि ज्यान गुमाउँने र बेपत्ताको नाम सनाखत भएको छ । डुङ्गामा सवार ९ जना मध्ये १ जनाको सनाखत हुन बाँकी छ ।
मृत्यु हुनेमा कृष्ण कुमारी बजगाई ५२ वर्ष रहेकी छिन् । यस्तै, बेपत्ता हुनेमा नवलपारासिका रवि खनाल, उनका छोराहरु शिव खनाल ८ वर्षीय, शङ्कर खनाल ६ वर्षीय, प्राचिन खनाल ५ वर्षीय रहेका छन् भने एक जनाको परिचय हुन् बाँकी छ ।
यस्तै, निशा पौडेल, कमलराज कँडेल, सपना खनाललाई जिवितै उद्दार गरिएको छ । घटनाको अन्य विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...