पोखरा, १५ भदौ / पोखरा महानगरपालिका ५ मालेपाटनमा बिहीबार राती दुर्घटना हुदाँ प्रहरी जवानको मृत्यु
भएको छ । राती ११ बजे भएको दुर्घटनामा परी पर्वत घर भै हाल पोखराको सशस्त्र प्रहरी गण पोखरामा कार्यरत
रामप्रसाद पौडेलेका मृत्यु भएको कास्की प्रहरी प्रवक्ता रविन्द्र गुरुङले जानकारी दिए । उनले राती डिउटीमा
खटिएका प्रहरीको मोटरसाइकलाई कारले ठक्कर दिदा पौडेलको मृत्यु भएको बताए । उनले ठक्कर दिने
कारको खोजी भइरहेको बताए ।
पोखरामा चोरीका घटना बढेपछि कास्की प्रहरीले शसस्त्र प्रहरी गणबाट थप बल ल्याएर रात्री कालिन गस्ती
बडाएको उनले बताए । पौडेल रातीकालीन गस्तीमा खटिएका बेला दुर्घटनामा परेको प्रवक्ता गुरुङले जानकारी
दिए ।