पोखरा, ३१ साउन /पोखरा महानगरपालिका ६ बुलौदीमा दुर्घटना भएको छ ।
मोटरसाइल र स्कुटर ठोकिदा दुई जना घाइते भएका छन् ।
ग११प १३५६ नम्बरको मोटरसाइकल र ग८प ७३६६ नम्बरको स्कुटर ठोकिएका हुन् ।
लेकसाइटबाट आएको स्कुटर बुलौदी खोला तर्फको सडकमा क्रस गर्नेक्रममा स्पिडमा आएको मोटरसाइकले ठक्कर दिएको स्थानीले बताएका छन् ।
दुबै घाइतेको पोखरा मेटोसिटि अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते दुबै स्कुटर चालिका र मोटरसाइकलका चालक रहेका छन् ।