पोखरा, ६ चैत /कास्कीमा दुर्घटनामा नेपाली काँग्रेसका क्रियाशील सदस्य जयबहादुर खत्रीको मृत्यु भएको छ। पोखराबाट सिक्लेस जाने क्रममा ट्रक दुर्घटनामा परी उनको मृत्यु भएको हो । सोमबार ग१ज ७५९९ नम्बरको आफ्नै मिनी ट्रकमा उनी सिक्लेस जादै थिए ।
दुर्घटनापछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा खत्रीको उपचारका क्रममा मृत्यु भएको हो। उनको मङ्गबार नै पोखराको सेती नदीस्थित तुल्सिघाटमा अन्त्येष्ठि गरिएको छ। उनका एक श्रीमती, १ छोरा र ४ छोरी छन् ।
नेपाली काँग्रेसका नेता देवराज चालिसेले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए । नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति विजयराज आचार्य र कास्की काँग्रेसका सदस्य नवीन सिग्देल तुल्सिघाट पुगेर श्रद्वाञ्जली अर्पण गरेका थिए ।
खत्रीले नेपाली काँग्रेसका विभिन्न पदमा रहेर लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएको पार्टीले जनाएको छ । उनी नेपाली काँग्रेस वडा इकाइ समिति पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ को निवर्तमान उपसभापति हुन्।
नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीले मङ्गलबार विज्ञप्ति प्रकाशित गरी खत्रीको निधनप्रति दुःख व्यक्त गरेको छ ।