पोखरा, १५ फागुन/पोखरा लेखनाथ महानगरपालिका ३० पावर हाउस चोक नजिकै पैदल यात्रुलाई ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
तनहुँबाट पोखरा तर्फ आउदै गरेको ना२ ख ३६६९ नम्बरको ट्रकले रुकुम घर भई हाल पोखरा लेखनाथ महानगरपालिका ३२ खुदीखोलामा बस्ने ३६ बर्षिय जित बहादुर पुनलाई ठक्कर दिदा मुत्यु भएको हो ।
घाइते भएका पुनको उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल पोखरा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीेले जानकारी दिएको छ । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिईएको छ ।