पोखरा, १४ फागुन /पोखराबाट दमौली तर्फ जादै गरेको स्कुट दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ ।
तनहुँ ब्यास नगरपालिका ३ दुर्गा मन्दिर स्थित पृथ्बिराजमार्गमा पोखराबाट दमौली जादै गरेको बा ५३ प ९४८३ नम्बरको स्कुटरलाई बिपरीत दिशाबाट जादै गरेको ना ५ ख ४६०२ नम्बरको बसले ठक्कर दिदा स्कुटर चालकको ज्यान गएको हो ।
ज्यान जानेमा मोरङ विराटनगर नगरपालिका २१ बस्ने ४६ बर्षिय श्याम कुमार शाह तेली घाईते भई उपचारको क्रममा रत्नहरी अस्पताल दमौलीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनाका बारेमा बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।