पोखरा, १८ माघ//पोखरा लेखनाथ महानगरपालिका ९ बसपार्क मोडमा बसबाट खस्दा एक जना घाइते भएका छन् ।
ग १ ख ३२८२ नम्बरको बसमा चढ्ने क्रममा झुण्डिएर खस्दा जिल्ला लमजुङ घर भएका २५ बर्षिय यम बहादुर गुरुङ घाइते भएका हुन् ।
सडकमा खसेका उनलाई बसले किच्दा घाईते भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लएिको थियो । उनको त्यही उपचार भई रहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।