तनहुँमा मोटर साइकल दुर्घटना हुदा पोखराका अधिकारीको मृत्यु

पोखरा, १० माघ /तनहुँ जिल्लाको व्यास नगरपालिका १२ घासीकुवाँमा मोटर साइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गमा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ग १० प ३९०१ नम्वरको मोटरसाईकल सोहि दिशा तर्फ गईरहेको ग १ ख ४ ५८० नम्वरको ट्रकमा ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका ६ बस्ने वर्ष ३० का विवेक अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । घाइते भई उपचारको लागि पोखराको फेवासिटी अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रदेश ४ प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक बीर बहादुर पुलामीले जानकारी दिए ।

कमेन्टहरु
Loading...