चितवनबाट पोखरा आउँदै गरेको बस तनहुँमा दुर्घटना हुदाँ २४ घाईते

तनहुँ, २६ मंसिर /तनहुँको बन्दीपुरस्थित बेलभञ्ज्याङमा यात्रु बस दुर्घटना हुँदा २४ यात्रु घाइते भएका छन् ।

चितवनको नारायणगढबाट पोखरा आउँदै गरेको ना ५ ख ९८४६ नम्बरको बस पृथ्वी राजमार्ग अन्र्तगत पर्ने तनहुँको बेलभञ्ज्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा १८ जना सामान्य घाइते भएका छन् भने, ६ जनाको अवस्था गम्भिर छ । गम्भिर घाइतेहरुलाई उपचारका लागि पोखरा र काठमाण्डौं लगिएको प्रहरीले जनाएको छ ।

बसको यान्त्रिक खराबीका कारणले बस दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा परि गम्भीर घाइते हुनेमा पोखरा ८ कि ६३ वर्षीया डम्बरकुमारी गुरूङ, पोखरा ११ की ६० वर्षीया मनकुमारी गुरूङ, पोखरा(१२ कि ३१ वर्षीया कामना गुरूङ, पोखरा रामबजार की ४२ वर्षीया चीजा नेपाली, म्याग्दीका २० वर्षीय सूर्य थापामगर र व्यास नगरपालिका वडा नम्बर ९ की ४३ वर्षीया विष्णुमाया नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कमेन्टहरु
Loading...