उपप्रधानमन्त्री श्रेष्ठलाई लक्षित बम आक्रमण

स्याङ्जा, १७ मंसिर/उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरि बम आक्रमण गरिएको छ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ८ को ढापुक सिमलभञ्ज्याङ्को टापुबाट चुनावी सभा सकेर फर्कने क्रममा ढापुक फेदीमा श्रेष्ठलाई लक्षित बम आक्रमण गरिएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठ चढेको बा १३ च २०२७ नम्बरको स्कारपियोलाई लक्षित गरि बम आक्रमण भएपनि उनी सकुशल रहेको उनका सहयोग शिवसंसार श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठ सबार स्कारपियो नजिकै करिब ५ मिटरको दुरीमा बम बिष्फोट भएको थियो ।

आक्रमणको कसैले जिम्मेवारी नलिएको स्थानीय सुरक्षा निकायले जनाएको छ । सुरक्षा निकायका अनुसार आक्रमणबाट कुनै भौतिक क्षति भएको छैन् । उम्मेदवार लक्षित बम आक्रमण बढ्दै जा“दा सुरक्षा निकायले सर्तकता अपनाएपनि उपप्रधानमन्त्रीलाई नै आक्रमण भएपनि स्थानीय सुरक्षा निकाय चिन्तित भएको छ ।

कमेन्टहरु
Loading...