पोखराको अम्मरसिंह चोक नजिक दुर्घटना

पोखरा, ९ भदौ /पोखरा लेखनाथ महानगरपालिका १० अम्मरसिंह चोक नजिकै विहीबार दुर्घटना हुदाँ एक जना घाइते भएका छन् ।

पोखराबाट लेखनाथ तर्फ जाँदै गरेको ग १ ख ६९२४ नम्बरको बस र ग १ क ३३१ नम्बरको ट्रक दुबैले अचानक ब्रेक लगाउँदा सोही दिसा तर्फ जाँदै गरेको बा ८५ प १२४८ नम्बरको मोटरसाईकल अनियन्त्रीयत भई दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोटरसाइकल ट्रकमा ठक्कर खाई ट्रकमुनि छिर्दा उक्त मोटरसाईकलमा सवार काठ्माण्डौ महानगरपालिका १७ ढल्केपुजारी टोल बस्ने वर्ष १९ को सुशान्त नेपाली घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

नेपालीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भएको छ । प्रहरीले ट्रक, बस र। मोटर साइकल तथा दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु
Loading...