पौष २६, पोखरा । कास्कीको लेखनाथ ८ सिसुवा स्थित डुडाकोमुख भन्ने ठाउमा ग्यास पड्किदा ५ जना घाइते भएका छन । घाइतेको पोखराको मनिपाल शिक्षण हस्पिटलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाइते हुनेहरुमा कास्की लेखनाथ ८ शिशुवा बस्ने रुकु थापा, महेश थापा, बसन्धरी पौडेल, सरास्वति भन्डारी र लक्ष्मी अधिकारी रहेका छन । घाइते मध्ये रुकु थापाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । खाना पकाउदा सिलिन्डर ग्यास लिक भएर पड्किदा उनिहरु घाइते भएको हुन सक्ने स्थानियले बताएका छन् ।