कसलाइ दिउँ खोइ भोट मैले ?
राजनैतिक मुद्वा, ठूलो थियो पैले पैले
आर्थिक मुद्द्वा ठूलो भयो जनताको ऐले ।
भोटमाग्न त आएकै छन् नेता कैले कैले
कसलाइ भोट हालौँ, बैशाख तीसमा मैले ।।
कोहि भन्छन अब, हामी विकास गर्छौ
बाँकी काम पूरा गर्न, तिम्रै भर पर्छौ ।
शिक्षा, स्वास्थ्य, गर्छौं निशुल्क कोहिले
कुरा सवका ठुला, भोट कसलाइ मैले ।।
विकास धेरै भयो अरे, भोट दिनु फेरि
भ्रष्टचारको लाइसेन्स,दिउँ मान्छे फेरि ।
उमेदवारले टिको, लाउँछन् पार्टिको ऐले
कुन चिन्हमा भोट हालौ हन अब मैले ।।
आज हात जोडदै आउँछन माग्नलाइ भोट
जिते पछि जनतालाइ दिन्छन् उस्तै चोट ।
प्रतिबद्वता सब पार्टिले देखाउने हुन ऐले
राम्रो काम गर्नेलाइ नै दिउँकी भोट मैले ।।
छत्तिस सालमा कुरा गर्थ्ये बर्ग समान हुन्छ
धानाड्यको चङ्गुलमा पार्टिहुँदा मन रुन्छ ।
कति फरक हुँदै गए पार्टिका नेताहरु ऐले
त्यै भएर यो बर्षको भोट बहिष्कार मैले ।।
-डिल्लीराम गिरी
माछापुच्छ्रे गाउँपालिका–५, रिभान, कास्की हाल पोखरा–५ प्रस्याङ