घर फर्कदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा वाइसिएल नेता पौडेलको निधन

पोखरा । स्याङ्जाको फेदीखोला घर भएका माओवादी युवा नेता सुवास पौडेलको दुर्घटनामा परी निधन भएको छ । पोखरादेखि आफ्नो घर फर्कदै गर्दा शुक्रबार साँझ भालुपहाड सडक खण्डमा उनले चलाइरहेको मोटरसाइकल भीरबाट खसेको बताइएको छ ।

पौडेल नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) स्याङ्जा जिल्ला कार्यसमितिको बैठक सकेर पोखरा फर्किदै थिए । पौडेल वाइसिएलको केन्द्रीय स्वास्थ्य विभाग प्रमुख हुन् । दुर्घटना के कारणले भएको भन्ने सम्वन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...