नेपाल एपिएफ क्लब २०औ आहा रारा गोल्डकपको फाइनलमा प्रवेश

गन्थन संवाददाता, पाेखरा । नेपाल एपिएफ क्लव २०औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल एपिएफ क्लवले ३–१ गोल अन्तरले मछिन्द्र क्लवलाई हराउँदै आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

एपिएफको तर्फबाट सनिस श्रेष्ठ, प्रदिप लामा र नविन लामाले एकएक गोल गरेका थिए भने मछिन्द्रको तर्फबाट ओमोलाजा नुरेन करिनले एक गोल फर्काएका थिए ।

त्यस्तै भोली हुने दोश्रो सेमिफाइनलको खेल मनाङ मस्र्याङदी र त्रिभुवन आर्मी क्लव बीच हुनेछ ।

कमेन्टहरु
Loading...