दुर्गा सुनारको नेतृत्वमा चिप्लेढुंगा–सिद्दार्थचोक व्यवसायी समिति

चिप्लेढुंगा–सिद्दार्थचोक व्यवसायी समितिको अध्यक्षमा दुर्गा सुनार चयन भएका छन् । समितिको शनिबार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सुनारको अध्यक्षतामा १५ सदस्यीय नया कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा लक्ष्मण न्यौपाने, सचिवमा नविन श्रेष्ठ, सहसचिवमा किरणराज लामिछाने, कोषाध्यक्षमा प्रमोद लिगल र सहकोषाध्यक्षमा अनिल ढेवाजु सर्वसम्मत चयन भए ।

त्यस्तै सदस्यहरुमा सुशील लम्साल, वेदुनाथ लामिछाने, जनकराज सुवेदी, तारा गौतम, ज्योतिन्द्र घिमिरे, विरेन्द्र गहतराज, राजकुमार घजु, धनबहादुर झैडी र विष्णुनारायण श्रेष्ठ चयन भए ।

यसअघि अधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोईरालाले उद्घाटन गरेका थिए । उनले नेपालमा केहि भएन भन्ने भाष्य गलत भएको बताए । बरु भएकाको सदूपयोग गर्न नसकिएको बताउँदै उनले भने,‘सरकारले ल्याएका नीति तथा कार्यक्रम बुझेर त्यसको सदूपयोग गर्न हामी व्यवसायीले सकिरहेका छैनौं । जस्तै, सहुलियतपूर्ण लोनलगायत लिनका लागि आफू र आफ्ना साथीभाईलाई सचेत गराऔं ।’ पार्टी तथा संघ–संस्थाले कार्यक्रम गर्दा सडक रोजेको प्रति खुलेर विरोध गर्दै सडकमा आन्दोलन, सभा, धर्ना, जुलुस गर्दा ट्राफिक व्यवस्थापन अस्त–व्यस्तमात्र नभइ व्यवसायीको अधिकार समेत कुण्ठित भएको बताए । ‘सडकमा कार्यक्रम गर्दा राजनीतिक पार्टीलाई क्षणिक लाभ त गर्ला तर दीर्घकालिन रुपमा पार्टीलाई नै घाटा हुन्छ ।’, उनले भने–‘जनताले सास्ती पाउँछन् ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन्छ, व्यवसायीले व्यवसाय गर्न पाउँदैनन ।’ सडकमा गरिएको कामर्यक्रमबाट जनताले पाएको दुःख तथा व्यवसायीले खेप्नुपरेको समस्या संग जुध्न समितिले सम्बन्धीत ठाउँमा पहल गर्नुपर्ने बताए । सडकमा गरिने सबै कार्यक्रममा सधैंका लागि बन्द गरिनुपर्ने उनको जोड छ ।
कार्यक्रममा पोखरा ट्रेडमलका अध्यक्ष मिनराज काफ्लेले व्यवसायीक सफलताका लागि व्यवसायी आफैले वातावरण निर्माण गर्नुपर्ने बताए ।

निवर्तमान अध्यक्ष देव बहादुर भुजेल (डि.बी.)को अध्यक्षतामा भएको कार्यक्रममा पोखरा हार्डवेयर एशोसिएसन कास्कीका अध्यक्ष अर्जुन थापा, कपडा एशोसिएसन कास्कीका अध्यक्ष लेखनाथ पौडेल, सुनचाँदी व्यवसायी महासंघ कास्कीका महासचिव कमलमान सुनार, आदर्श मार्ग टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद पन्थलगायतले बोलेका थिए । कार्यक्रममा समितिका निवर्तमान सहसचिव दुर्गा सुनारले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव मोती भुजेलले सञ्चालन साथै प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...