धनगढी/ धनगढीमा मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका दुई जना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो । उनिहरु माघ ५ गते मोबाइल ग्यालरीमा लागु औषध कारोबारी भइरहेको सूचनाको आधारमा प्रहरी उक्त ग्यालरीमा पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले अदालतको अन्तिम फैसला नआउन्जेलसम्म उनीहरूलाई निलम्बन गरेको बताए ।
‘अहिले अदालतले ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ, अदालतको अन्तिम फैसला अनुसार उनीहरू चोरी गरेको ठहरिए सधैंका लागि निलम्बनमा पर्ने छन्,’ उनले भने ।
त्यस क्रममा तीन जना लागुऔषध कारोबारी ब्राउनसुगरसहित समातिएका थिए । प्रहरी टोलीमा गएका माल र बुढाले एक–एक वटा मोबाइल चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ । उनीहरुबाट चोरी भएको मोबाइल समेत बराम भएको छ ।