पोखरामा अवैध सुन सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
अवैध रूपमा सुनको ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले बाग्लुङकाअम्मर विश्वकर्मा र म्याग्दीका अंकित सुनारलाई पक्राउ गरेको हो ।
विश्वकर्माको साथबाट वैध सुनको सिक्री ३ थान तौल गर्दा २० तोला ४३ लाल ८ प्वाईन्ट र सुनारको साथबाट अवैध सुनका गरगहना (सिक्री ५ थान, औँठी १ थान र रिङ १ जोर) गरि २१ तोला ९० लाल ३ प्वाईन्ट (२५५.४७ ग्राम) फेला पारेको हो । जसको बजार मूल्य ३८ लाख ९७ हजार ५४२ रुपिँया रहेको छ ।
जिल्ला प्रहरी कार्यलय कास्कीका अनुसार जिल्ला प्रहरी कार्यलय कास्कीका अनुसार फेला पारेको सुन अनुसन्धानको लागी राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ।