लमजुङ संवादाता । लमजुङ प्रहरीले बिष्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ७ घर भई लमजुङ सदरमुकाम बेसीसहर वडा नं. ८ झिंगेखोला बस्ने वर्ष ६९ का हरिराम बानियालाई रहेको गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएका प्रहरी टोलीले खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा बारुद बनाउने कच्चा पदार्थ ४ किलोग्राम, सोडा १६ किलोग्राम साथै बारुद बनाउन प्रयोग हुने विभिन्न किसिमका पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालयका लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बानियाविरुद्ध विष्फोटक पदार्थ सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेकोे छ ।