२९ किलो अवैध जडिबुटीसहित तीन पक्राउ

लमजुङ संवादाता । जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध जडिबुटीसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बेसीशहर नगरपालिका–७ सहजीदेखि क्याम्पस रोडतर्फ जाने क्रममा तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मर्स्याङ्दी गाँउपालिका–६ बस्ने ४८ वर्षका आइतराम तामाङ, सोही स्थान घर भएका ३७ वर्षका रामबहादुर तामाङ र सोही स्थान घर भएका २४ वर्षका मिनबहादुर तामाङ रहेका छन् ।

पक्राउ परेका उनीहरुलाई मंगलबार नै कारबाहीका लागी डिभिजन बन कार्यालयमा बुझाइएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । सोमबार राती सवा २ बजेको समयमा शंकास्पद रुपमा झोला भिरेर हिडिरहेको अवस्थामा प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट पाँचऔले १५ किलो ५ सय ग्राम र निरमसी १३ किलो ४ सय ग्राम बरामद गरेको हो ।

२९ किलो जडिबुटिको रकम अनुमानित ५४ लाख रुपैयाँ रहेको प्रहरीको अनुमान छ ।

कमेन्टहरु
Loading...