के सतीले सरापे रै हो त, हाम्रो देशमा न्याय हराएको (कविता)

के सतीले सरापे रै हो त, हाम्रो देशमा न्याय हराएको ।
खै कस्ले सुन्छ न्यायका निम्ति निर्दोष कराएको ।।

 

बन्द छन् हातका मुठीहरू फिजाउनु पर्ने बेलामा ।
कस्ता कस्ता घटना घटे आफ्नै दैलो ठेलामा ।।

 

ठूलाठूला अपराधहरू लूकाइन्छ यहाँ आफ्नोले गरेमा ।
बोली बन्द गर्न खोजिन्छ यहाँ आवाज झरेमा ।।

 

अपराधीलाई सजाय छैन अपराध बढ्दै गयो ।
उस्ले सोच्छ केही हुन्न मैले गरेर के भयो ।।

 

यदि आज कानून कडा हून्थियो भने अपराधी डराउँथे ।
स्कूल पढ्न गाका छोराछोरी बाँची घर आउथेँ ।।

 

अपराधीलाई सजाय छैन अपराध मौलाउला ।
न्यायका निम्ति कराउँदा कराउँदा आफैँ बौलाउला ।।

 

अझै पनि बन्दका बन्द नै भए न्यायका ढोका ।
खै यिनले देखे र आखिर जनता अन्यायमा थिचिएर रोएका ।।

 

-सबिता आचार्य

कमेन्टहरु
Loading...