काठमाडौं ।
नेपालमा आज थप ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या तीन लाख २८ हजार ८ सय ९३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या तीन हजार २९८ पुगेको छ ।
हाल देशभर ४३ हजार २ सय १३ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ