चट्याङ लागेर एक जनाको निधन

काठमाडौं ।

चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जना पुरुषको चट्याङ लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् ।

सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको जानकारी दिए ।

कमेन्टहरु
Loading...