काठमाडौं । कलंकीमा सडकमा बस्दै आएका चौधरी थरका १ जना पुरुषको हत्या भएको छ । आज बिहान २१ वर्षीय दिनेश थापाले ढुंगा प्रहार गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको हो । थापाले उनलाई ढुंगा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि सहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको महानगरीय प्रहरी परिसरका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिएका छन् । एसपी बस्नेतका अनुसार थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ ।
