हत्यामा संलग्न भएको भन्दै प्रधानमन्त्री ओलीद्वारा केन्द्रीय सदस्य बनाइएका बास्कोटा पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भएको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा केन्द्रीय सदस्य बनाइएका १ जना नेता हत्याको आरोपमा पक्राउ परेका छन् ।

मोरङको पथरीशनिश्चरे १० जिरीम्तिीका १९ वर्षीय सन्दीप भण्डाको हत्याको आरोपमा मोरङका युवराज बाँस्कोटा पक्राउ परेका हुन् । उनलाई प्रहरीले आज पक्राउ गरेको हो । भण्डारीको शंकास्पद निधन भएको थियो ।

सोही घटनामा संलग्न रहेको भन्दै उनी पक्राउ परेका हुन् ।

गत २४ पुसमा पथरीशनिश्चरेको वडा नम्बर २ स्थित युवराजको घरमा भण्डारी मृत भेटिएका थिए । मृतकका परिवारले बाँस्कोटाविरुद्ध कर्तव्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय पथरीमा पुसको २६ गते किटानी जाहेरी दिएका थिए ।

त्यसपश्चात् मोरङ अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सोही आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । बाँस्कोटालाई प्रहरीले पथरीबाट पक्राउ गरेको हो ।

बाँस्कोटालाई थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न मोरङ अदालत लैजाने तयारी गरेको छ । मृतक भण्डारीका आमा राधिका भण्डारीले सन्दीपको शरीरमा निलडामसहित कानमा समेत चोट देखिएको बताएकी छिन् ।

कमेन्टहरु
Loading...