पन्ध्र वर्षदेखि कर्तव्य ज्यान मुद्धामा फरारसहित १३ जना व्यक्ति पक्राउ

तनहुँ संवादाता ।

पन्ध्र वर्षदेखि कर्तव्य ज्यान मुद्धामा फरार रहेका सहित १३ जनालाई प्रहरीले पक्रेको छ ।

कर्तव्य ज्यान मुद्धामा विगत पन्ध्र वर्षदेखि फरार रहेकी साविक ढोरफीर्दि गाविस वडा नम्वर ६ स्थायी घर भै हाल रुपन्देही देवदह नगरपालिका वडा नम्वर २ ढेकार बस्ने ६० वर्षीय ज्ञानुमाया नेपाली र भानु नगरपालिका १० का कुमार पन्थसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

नाता कायम मुद्धामा फरार रहेका २ जना, सम्वन्धविच्छेद मुद्धामा ४ जना, लेनदेन मुद्धामा २ जना, कर्तव्य ज्यान मुद्धाका १ जना, हातहतियार मुद्धाका १ जना, सवारी ज्यान मुद्धाका १ जना गरी १३ जना व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

‘विभिन्न अपराध एवम् मुद्धामा फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भै दण्ड जरिवाना, दसाँैँदी, कोर्ट फी र सरकारी विगोसमेत तिर्न बाँकी रहेका फरार प्रतिवादीहरुलाई खोजी गर्ने क्रममा पक्राउ गरिएको हो’,उनले भने ।

कमेन्टहरु
Loading...