भागरथी प्रकरण: बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

भागरथी भट्ट हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् ।

उनले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको सरकारी वकिल सामू बयान दिएका हुन् ।

फागुन ४ गते पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरेकापनि बलात्कार भने नगरेको दाबी गरेका थिए ।

पोष्टमार्टम प्रतिवेदन आधारमा प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो ।

 

कमेन्टहरु
Loading...