भागीरथीको हत्याको आरोपमा एक पक्राउ

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा १३ दिनपछि एक व्यक्ति पक्राउ परेका छन् ।

कक्षा ११ मा पढ्ने ती युवकलाई व्यक्तिलाई आजै सार्वजनिक गरिने तयारी छ ।

भागरथी पढ्ने विद्यालय सनातन धर्म माध्यमिक विद्यालयमा अध्ययनरत रहेका व्यक्तिले वकले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन्।

दोगडाकेदार गाउँपालिका ७ की भागरथी कक्षा १२ मा अध्ययनरत थिइन् ।

प्रहरीको प्रारम्भीक अनुसन्धान तथा वयानमा पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा राखिएको छ ।

१७ वर्षीया किशोरी भागरथीको शव लवलेकको जंगलमा भेटिएको थियो ।

कमेन्टहरु
Loading...