लमजुङमा लागु औषधसहित एक युवक पक्राउ

लमजुङ संवादाता ।
लमजुङ प्रहरीले लागु औषधसहित एक युवक पक्राउ गरेको छ ।

जल्लाको सुन्दरबजार नगरपालीका वडा नं. ९ पैरे बस्ने बर्ष २३ का सुभाष गुरुङलाई इलाका प्रहरी कार्यालय भोटेवडारबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्रिएको हो ।

प्रहरीले खानतलासी गर्दा उनको घरमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा १३० ग्राम, ट्रिपलिन ट्याबलेट १०० थान, ट्रामा ट्याबलेट २० थान,गाँजा भरेको चुरोटको खिल्ली १ थान र नगद रकम रु.२८ हजार ५ सय फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले बताए ।

पक्राउ परेका गुरुङलाई जिल्ला अदालत लमजुङबाट लागू औषध मुद्दामा म्याद थप गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...