लमजुङ । लमजुङ प्रहरीले लागु औषधसहित १ जना युवकलाई पक्राउ गरेको छ । सुन्दरबजार नगरपालिका–९, तल्लो बजारबाट लागुऔषध सहित सिन्धुपाल्चोकका मिनबहादुर बानियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सिन्धुपाल्चोक कुन्चोक–९ घर भई हाल सुन्दरबजारमा बस्दै आएका ३४ वर्षीय बानियालाई पक्राउ गरिएको हो ।
उनको साथबाट फेनेरागन एम्फुल ११ थान, नोफिन ११ थान, केयरज्याक ११ थान लागुऔषध फेला पारेको लमजुङका प्रहरी प्रमूख एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए । पक्राउ पछि बानियालाई जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान तथा कारबाहि अघि बढेको प्रहरीले जनाएको छ ।