पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न शाही १६ वर्षपछि पक्राउ

दैलेख । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्या संलग्न रहेर फरार रहेका १ जना पक्राउ परेका छन् । थापाको हत्यामा संलग्न जिल्लाको महाबु गाउँपालिका वडा नम्बर ६ का ६८ वर्षीय जयबहादुर शाहीलाई १६ वर्ष पछि पक्राउ गरेको हो ।

पत्रकार थापाको हत्या पश्चात् फरार रहेका शाहीलाई खोजतलासका क्रममा खटिएको दैलेखको प्रहरी टोलीले पक्राउ गरेको हो । शाहीदे १ वर्ष ७ महिना १ दिन कैद भुक्तानी गरिसकेका छन् ।

बन्दी प्रत्यक्षीकरणमा परेर अदालतको फैसला आउन बाँकी भएको समयमा उनी फरार भएका थिए ।

पत्रकार थापालाई द्वन्द्वकालको समयमा तत्कालीन माओवादीले हत्या गरेको थियो ।

जिल्लाको साविक द्वारी गाविस वडा नम्बर १ हाल नौमुले गाउँपालिका वडा नम्बर ३ मा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएको र समस्या समाधानको लागि वार्ता गर्ने भन्दै बोलाएर २०६१ साउन २७ गते हत्या गरेको थियो ।

पत्रकारका थापाको हत्यापछि उनकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरीका र्याले दैलेखमा किटानी जाहेरी दिएकी थिइन् । २०६५ साल भदौ ५ गते थापाकी श्रीमती लक्ष्मीले ९ जनाविरुद्ध किटानी जाहेरी दिएकोमा त्यही समयमा नै ५ जना पक्राउ परेका थिए ।

पक्राउ परेका शाहीलाई बाँकी कैद भुक्तानीका लागि कारागार चलान गरिएको छ ।

कमेन्टहरु
Loading...