सांकेतिक तस्बिर
गन्थन डेस्क
कोरोना भाइरसको नक्कली खोप बनाइ विदेशमा निर्यात गर्ने योजनामा रहेका अपराधी समूहका ८० जनालाई चीन सरकारले पक्राउ गरेको छ ।
नक्कली खोपमा सलाइन पानी प्रयोग गर्ने समूहलाई चिनियाँ प्रहरीले बेइजिङ र जियाङसु प्रान्तबाट पक्राउ गरेको समाचार एजेन्सी एशोसियट प्रेसले जनाएको छ । उक्त समूहका नाइकेको छद्य नाम ‘कोंग’ रहेको जनाइएको छ ।
गत सेप्टेम्बरबाटै उक्त समूहले सलाइन पानीलाई शिसीमा भरेर बेच्दै आएको प्रहरीको दाबी छ । ‘चीनले सम्बन्धित देशलाई यसबारे जानकारी गराइसकेको छ’ विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले भनेका छन् । वेनबिनले चिनियाँ खोप विश्वसनीय भएको बताउँदै यसको नक्कली उत्पादन गर्ने विरुद्ध कडा कारवाही गर्ने बताएका छन् ।
अपराधिक समूहबाट प्रहरीले ३ हजार थान खाेपसमेत बरामद गरेकाे छ ।
त्यस्तै, चीनले कोरोना भाइरस विरुद्ध साातवटा खोप मेडिकल परीक्षणमा रहेको उल्लेख गरेको छ । चीनले हालसम्म २७ देशलाई खोप उपलब्ध गराउने सम्झौता गरिसकेको छ ।
-एजेन्सीको सहयोगमा