तनहुँ संवादाता ।
प्रहरीले विभिन्न मुद्धामा फरार रहेका १२ जनालाई पक्राउ गरेको छ ।
जवरजस्ती करणी मुद्धामा विगत ७ वर्षदेखि फरार रहेका देवघाट गाउँपालिका–२ वस्ने १९ वर्षको सुमन श्रेष्ठ, लागु औषध गाँजा मुद्धामा ३ महिनादेखि फरार रहेका व्यास नगरपालिका –१० बस्ने ३३ वर्षीय जेके भन्ने टेकबहादुर विक पक्राउ परेका छन् ।
त्यस्तै नाताकायम मुद्धामा फरार २ जना, सम्वन्ध विच्छेद मुद्धामा १ जना,गालीबेइज्जती मुद्धामा फरार २ जना , जालसाजी मुद्धामा फरार ४ जना र सवारी ज्यान मुद्धामा फरार १ जना गरी १२ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका प्रहरी इकाइ कार्यालयहरुबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
‘विभिन्न अपराध एवम् मुद्धाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भै दण्ड, जरिवाना, दसाौदी, कोर्ट फी र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्दै जाँदी उनीहरुलाई पक्राउ गरिएको हो,’ उनले भने ।