लमजुङमा ६० प्रतिशत निजीआवास पुनर्निर्माण

लमजुङ संवादाता ।
लमजुङमा भूकम्पपछि भत्किएका ६० प्रतिशत निजीआवास पुनर्निर्माण भएको छ ।

जिल्लामा निजीआवास पुनर्निर्माण र प्रवलिकरण गरी १५ हजार ५ सय ४३ लाभग्राही रहेका छन् ।

हालसम्म निजी आवास पुनर्निर्माणमा ६० प्रतिशत प्रगति भएको जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख सूर्यप्रसाद शर्माले बताए ।

२०७२ साल वैशाख १२ गत गएको भूकम्पपछि जिल्लामा निजीआवास पुनर्निर्माण ६० प्रतिशतमात्र भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार लमजुङले जनाएको हो ।

जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार जिल्लाका लाभग्राहीमध्ये हालसम्म १४ हजार तीन सय १९ जनालाई प्रथम किस्ता भुक्तानी भएको छ भने ८४ लाभग्राहीले सम्झौता गरी प्रथम किस्ता भुक्तानीको प्रक्रियामा छन् ।

कमेन्टहरु
Loading...