तनहुँ संवादाता । बन्दीपुर गाउँपालिकाले स्थानीयलाई वजार क्षेत्रमा निर्माण सामग्री राखेर अवरोध नगर्न आग्रह गरेको छ ।
बजार क्षेत्रमा जथाभावी रुपमा निर्माण सामग्री राखिदिँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले सो कार्य रोक्न आग्रह गरेको हो ।
त्यस्तै सडक पेटीमा सामान राखी विक्रि वितरण गर्ने, फोहोरमैला जथाभावी फाल्ने तथा निषेधित क्षेत्रमा सवारी साधन पार्किङ गर्ने जस्ता कार्यहरुले वजार क्षेत्र अव्यवस्थित बन्ने तथा प्रदुषण एवम् दुर्घटनासमेत बढ्ने भएकाले यस्ता कार्यहरु तत्काल रोकी बजारलाई व्यवस्थित बनाउने कार्यमा सहयोग गर्नुहुन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत महेश सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ ।
पछिल्लो समय डुम्रे, बन्दीपुरलगायतका बजार क्षेत्रमा जथाभावी सवारी साधन पार्किङ गरी राख्ने गरेको पाइएकाले पनि बजार व्यवस्थित गराउन गाउँपालिकाले सुचना नै जारी गरेको हो ।
त्यस्तै सडक पेटीमा सामान राखि विक्रि वितरण गर्दा बजार अव्यवस्थित हुने र दुर्घटनाको जोखिम हुने भएकाले पनि त्यसको न्युनिकरण गर्न सबैसँग आग्रह गरिएको प्रमुख प्रसासकीय अधिकृत महेश सुवेदीले बताए ।
‘गाउँपालिकाले सुचना जारी गरिसकेको हुँदा सुचना विपरितको कार्य भए गरेको पाइएमा कारबाही गरिनेछ,’ उनले भने ।