दिपक के श्रेष्ठ
गण्डकी प्रदेशको विशेष अधिवेशनमा बोल्दै नेकपाका प्रदेश सांसद रामजी प्रसाद बरालले नेकपा अध्यक्ष प्रचण्डको सर्वदलीय प्रस्तावलाई प्रस्ताव प्रधानमन्त्रीले हावाको बेलुन बनाइदिएको बताए ।
कोरोनासँग सम्बन्धित संकल्प प्रस्तावको विषयमा बोल्दै सांसद बरालले कोरोनाको खोप ल्याउने बेला चुनावको चहलपहल असान्दर्भिक भएको उल्लेख गरे ।
गर्नुपर्ने मुख्य काम थाँती राखेर चुनावमा लागेको भन्दै उनले प्रधानमन्त्री केपी ओलीको आलोचना गरे । ‘जनतालाई खोप चाहिएको छ’ उनले प्रश्न गरे ’बेमौसमको चुनाव किन ?’
प्रदेशमा तयारीको बखान चलाए पनि व्यवहारमा कोरोना रोकथामको काम प्रभावकारी हुन नसकेको भन्दै उनले प्रदेश सरकारको समेत आलोचना गरे ।
उनले संविधानको धारामा नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीले संसदको विघटन गरेकोमा उनले घोर विरोध गरे ।
‘संविधानको मुटुमा छुरा रोपी अलोकतान्त्रिक कदम चालिएको छ’ बरालले भने ‘प्रधानमन्त्रीको यो कदमप्रति बहुसंख्यक नेपालीले खेद व्यक्त गरेका छन्, म पनि गर्छु ।’