तनहुँ संवादाता ।
प्रसिद्ध धार्मीकस्थल देवघाटधाममा यसवर्ष माघेसक्रान्ति मेला नगर्न जिल्ला प्रशासन कार्यालय तनहुँले सुचना जारी गरेपनि बिहिबार देवघाटमा भक्तजनहरुको घुँइचो लागेको थियो ।
कोरोना जोखिमका कारण यसवर्ष देवघाट नआउन भक्तजनलाई आग्रह गरिएको भएपनि ठुलो संख्यामा भक्तजनहरु आएको देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले बताए ।
‘हामीले यो वर्ष भक्तजनलाई देवघाट नआउनुस् भनेका थियौ, टाढा–टाढाबाट समेत भक्तजनहरु आउनुहुन्छ भनेर मिडियाबाटसमेत बेलैमा सुचना प्रवाह गर्यौ तर, वहाँहरु धार्मीक आस्था प्रति विश्वास गर्दै स्नानका लागि आउनुभयो । हामीले सानो संख्यामा आउनुहोला भन्ने सोचेका थियौ तर लाखौँको संख्यामा आउनुभयो । त्यहि पनि समितिले आएका भक्तजनलाई सहजीकरण गर्यौ, उनले भने ।
यसवर्ष देवघाटमा माघेसक्रान्ति मेला भर्न करिव दुईलाख भक्तजन आएको पौडेलले बताए ।
अनाधिकालदेखि चलिआएको माघेसक्रान्ति मेलामा देशका विभिन्न जिल्लाबाट मात्र नभई विदेशबाटसमेत स्नानका लागि दर्शनार्थी आउने गर्दछन् ।
त्रीवेणीमा स्नान गर्दा अक्षयफल प्राप्त हुने विश्वासका साथ सर्बसाधारणहरु देवघाट आउने गर्छन् ।
देवाघाट क्षेत्र विकास समितिले भक्तजनको सुरक्षाका लागि सुरक्षाकर्मीसमेत परिचालन गरेको थियो । देवघाटधाम पवित्र तिर्थस्थलको रुपमा चिनिन्छ ।
कालीगण्डकी दामोदर कुण्डबाट आएको शालीग्राम बाहिनी कालीगण्डकी र गोसाइकुण्डबाट आएकी त्रिशुली नदीको संगम देवघाट हरिहर क्षेत्रको रुपमा चिनिन्छ ।