तनहुँ संवादाता ।
प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने एक्साभेटरसहित ८ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
बुधबार इलाका प्रहरी कार्यालय बेलचौतराबाट गएको टोलीले अवैध रुपमा उत्खनन् र लोड गरी लैजादै गरेको सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।
भिमाद नगरपालिका– ५ मा रहेको पाटनखोला किनारबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्दै गरेको बा २ क ८६९३ नम्वरको एक्साभेटर र नदिजन्य पदार्थ ओसारपोसार गर्दे गरेका ग १ क ४६०२, ग १ क ३२४९, ग १ क ४६०१, ग १ क ३३४३, ग १ क ४८०४, ग १ क ४५९६ र ग १ ख ९१२० नम्वरको टिपरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।
नियन्त्रणमा लिएको सवारी साधनलाई भिमाद नगरपालिकाले एक लाख ७० हजार रुपैयाँ जरिवाना लिएको डिएसपी तिमिल्सिनाले बताए ।
त्यस्तै प्रहरीले व्यास नगरपालिका– १ गल्वुवेसीमा अवैध नदिजन्य पदार्थ लोड गरी लैजादै गरेको ना ८ ख ३५०७ नम्वरको टिपरलाई पनि नियन्त्रणमा लिएको छ ।
टिपरलाई नगरपालिकाले दश हजार रुपैयाँ जरीवाना लिएको प्रहरीले जनाएको छ ।