नेपाल उद्योग, वाणिज्य तथा व्यवसायी संघको समर्थन विन्दुलाई

पोखरा । नेपाल उद्योग, वाणिज्य तथा व्यवसायी संघ कास्कीले पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी विन्दु कोइराला सुवेदीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

संघको इतिहासमै पहिलो पटक महिला अध्यक्ष बनाउने अवसर प्राप्त भएकाले विन्दुलाई समर्थन गर्ने निर्णय गरिएको संयोजक राजेन्द्र शर्माले जानकारी दिए ।

नेपाल उद्योग, वाणिज्य तथा व्यवसायी संघ जनता समाजवादी पार्टी निकट व्यवसायीहरुको संस्था हो । संघको समर्थनले विन्दुलाई विजयी हुन योगदान पुग्ने शर्माले बताए ।

‘राजनीतिक भन्दा माथि उठेर विन्दुले स्वतन्त्र प्यानल तयार गरेकाले पनि समर्थन गर्ने वातावरण बनेको हो,’ उनले भने । संघका साधारण सदस्यहरु मध्ये करिब २ सय जना व्यवसायी संघमा आबद्ध रहेको उनले बताए ।

कमेन्टहरु
Loading...