लमजुङ । अज्ञात समूहले लमजुङ बेसीसहर नगरपालिका वडा नम्बर २ मा छुट्टाछुट्टै २ वटा मोटरसाइकल र २ वटा परालका टौवामा आगजनी गरेको छ । बोजबहादुर बरालको ग ८ प ९३३७ र सूर्यनाथ बराललको ग ५ प १७४४ नम्बरको मोटरसाइक तथा रामबहादुर देउजा र रामदेव घिमिरेका परालको टौवामा आज बिहान आगजनी भएको भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले सूर्यनाथकै ग १ ख २४७२ को बेसीसहर नारायणगढ चल्ने माइक्रोबसमा समेत आगजनीले सामान्य क्षति पु¥याएको जानकारी दिएका छन् । मोटरसाइकल जल्दै गरेको अवस्थामा गस्तीमा खटिएका प्रहरी टोलीले देखेपछि आगो तत्काल नियन्त्रणमा लिन सफलको भएको बताइएको छ । रासस