सानोधिमिरेका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

लमजुङ । लायन्स क्लब अफ काठमाडौं कन्सर्नले लमजुङको बेसीसहर नगरपालिका १ सानोधिमिरेस्थित श्री बाल विकास आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

उक्त आधारभूत विद्यालयकी पूर्वछात्रा तथा पूर्व शिक्षिका मन्जु लोहनीले द लायन्स क्लब अफ काठमाडौं कन्सर्नकी अध्यक्ष रिमा श्रेष्ठसंग सहकार्य गरेर उक्त शैक्षिक सामग्री विद्यार्थीहरुलाई उपलब्ध गराइएको बताइन् ।

विद्यालयका जम्मा २२ जना बालबालिकालाई पुस ११ विद्यालयको २९ औं वार्षिक उत्सव तथा २८ औं अभिभावक दिवसको अबसरमा बेसीसहर १ का वार्ड अध्यक्षको उपस्थितिमा शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको हो ।

शैक्षिक सामाग्री सहित, पानी खाने बोतल, खाजा बक्स र झोला पाएसंगै विद्यार्थीहरु निकै हर्षित भएका शिक्षिका सीमा लोहनीको भनाई छ ।

कमेन्टहरु
Loading...