पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा सन्जिब बहादुर कोइराला विजयी बनेका छन् ।
भर्खरै सम्पन्न निर्वाचनमा कोइरालले अत्याधिक मत प्राप्त गर्दै निकटतम प्रतिद्धन्दी हरि ओम शर्मा लामिछानेलाई पराजीत गरे ।
विजयी कोइरालाले ५४ प्रतिशत मत प्राप्त गर्दा पराजित शर्माले २६ प्रतिशत प्राप्त गरे ।
गन्थनसंग कुराकानी गर्दै अघिल्लो कार्यकालको मुल्यांकन गरेर दोस्रो कार्यकालका लागी व्यवसायीहरुले आफुलाई विश्वास गरेको भन्दै कोइरालाले सबैलाई धन्यवाद व्यक्त गरे ।
संघमा मोती पौडेल एसोसियट उपाध्यक्ष, कोषध्यक्षमा गोरखाका श्रवणकुमार श्रेष्ठ, सदस्यमा सूर्य भुजेल , धर्मराज बस्याल , मंगल प्रसाद श्रेष्ठ, उत्तम कुमार कर्मचार्य , लिलाबहादुर अधिकारी , युवराज राजभण्डारी सदस्यमा निर्विरोध चयन भए ।