१ घण्टाभित्र ३ राष्ट्रपति !

गन्थन डेस्क । विश्व इतिहासमा यस्ता कैयौं घटना घटेका छन् जुन घटना सुन्दा पनि अधिक आश्चर्य लाग्छ । एउटा यस्तो अनौठो घटना पनि छ, जुन उत्तरी अमेरीकाको १ देशमा घटेको हो । जहाँ केवल १ घण्टाको अवधिमा ३ जना राष्ट्रपति चुनिएका थिए ।

हो, सुन्दा पनि अचम्म लाग्ने घटना कतै झुटो त होइन ? भन्ने लाग्नु स्वभाविक छ । तर साँचो हो र देश पनि विश्वको १४ ठूलो राष्ट्र हो । त्यस्तै यो देशलाई बिश्वको शुन्दर देशमध्ये १ पनि मानिन्छ । आखिर कुन होला त उक्त देश ? जहाँ एकै दिनमा घटेको त्यो घटना जुन सधैंका लागि एउटा इतिहास बनेको छ ।

उक्त देश मेक्सिको हो । र घटना आजभन्दा १ सय ६ वर्ष अगाडिको अर्थात् सन् १९१३ फेब्रुअरी १९ को थियो । त्यस बेला राष्ट्रपति थिए फ्रान्सिस्को आई मेडोरो ।

जब उनी राष्ट्रपति पदबाट हटे त्यसको एक घण्टाभित्र पेड्रो लस्कुरिन राष्ट्रपतिका रुपमा मेक्सिकन जनताले पाए । तर लस्कुरिनले पद सम्हालेको केही मिनेटमै राजीनामा दिए । त्यसपछि भने भिक्टोरियानो हुएर्टा राष्ट्रपतिका रुपमा चुनिए । मेक्सिकन इतिहासमा मात्रै नभई विश्व इतिहासमै यस्तो रेकर्ड समेत बन्यो कि लस्कुरिन मात्रै २६ मिनेटका लागि मुलुकको सर्वोच्च सिंहासनमा विराजमान भए ।

 

मेक्सिकोमा राष्ट्रपतिको यो घटनाबारे होइन, अन्य त्यस्ता रोचक प्रसंग पनि छन् ।

सबैलाई थाहा नहुन सक्छ कि विश्वमा सबैभन्दा पुरानो रुख पनि मेक्सिकोमा नै छ । जुन रुखको नाम राखिएको छ मान्टेजूमा साइप्रस । यो रुख करिब २ हजार वर्ष पुरानो हो र यसको लम्बाई करिब ४० फिट रहेको छ ।

के तपाईंलाई थाहा छ ? विश्वको सबैभन्दा सानो ज्वालामुखी पनि मेक्सिकोमा नै छ । जसको नाम हो क्यूस्कोमेट । क्यूस्कोमेट मेक्सिकोको प्युबला सहरमा छ । जुन १३ फिट लम्बाई र २३ मिटर चौडाईको छ । मेक्सिको घुम्न जाने अधिकांश पर्यटक यो ज्वालामुखी नजिकबाट हेर्न लालायीत हुने गरेका छन् ।

यसै देशमा एक प्राचीन पिरामिड पनि छ । उक्त पिरामिड चिचेन इत्जाका नामले परिचित छ । चिचेन इत्जा विश्वका ७ आश्चर्यमध्ये एक पनि हो । यो पनि मानिन्छ की चिचेन इत्जा माया सभ्यताका मानिसले निर्माण गरेका थिए ।

एजेन्सीको सहयोगमा

कमेन्टहरु
Loading...