राष्ट्रिय एकताबाट नै संविधान कार्यान्वयन हुन्छ- प्रधानमन्त्री दाहाल

पोखरा, १६ पुस /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवै राजनैतिक दलहरु वीचको राष्ट्रिय एकतावाट नै संविधान कार्यान्वयन हुन सक्ने दृढता व्यक्त गर्नु भएको छ । सामूहिक तमु ल्होछार कार्यक्रम मूल समारोह समिति पोखराद्धारा आज यहां आयोजित सामूहिक तमु ल्होछार कार्यक्रममा विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्र्दै उहांले एकताविना संविधान कार्यान्वयन असंभव भएकोले एकताको लागि त्याग गर्न सवैसंग आग्रह गर्नु भयो ।

“त्याग गर्दा केही पाउन र केही गुमाउन पछि सकिन्छ “ उहांले भन्नु भयो– “ संविधान कार्यान्वयनपछि देश आर्थिक समृद्धिको वाटोमा लाग्ने र सवै नेपाली जनताले सुख र शान्ति पाउने छन “ । प्रधानमन्त्री प्रचण्डले तमु ( गुरुङ्ग) हरुले प्रदर्शन गर्दै आएको वीरता र वलिदानप्रति सराहना गर्दै तमुहरुले नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको चर्चा गर्नु भयो ।

तमुहरुको एकता प्रदर्शनले भाषा, संस्कृति र परम्पराको जगेर्ना हुने धारणा राख्दै उहांंले तमु युवा युवतीहरुले अहिले देश तथा विदेशमा ईन्जिनियरिङ्ग तथा विज्ञानको क्षेत्रमा सवै जनजातीलाई उछिनेर अग्रणी भूमिका निभाएको विचार व्यक्त गर्नु भयो ।
प्रधानमन्त्री प्रचण्डले गुरुङ्ग सामुदायको छोरा छोरी मध्येवाट प्रधानमन्त्रीको पदमा पुग्न अव धेरै टाढा नभएको विचार व्यक्त भयो ।

कार्यक्रममा प्र्रधानमन्त्री प्रचण्डले १२ जना विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्नु भएको थियो । सम्मानित हुनेहरुमा लोडसेडिङ्ग मुक्त गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ्ग,ई .सन्दीप तमु, न्यायाधीश सत्यराज तमु, समाज सेवीहरु डण्ड तमु,क्या .रुप वहादुर तमु, क्या . मन वहादुर तमु, दल वहादुर तमु, मिन प्रसाद तमु, माया तमु, पोल वहादुर तमु, युग तमु र संचारकर्मी ईन्दिरा तमु छन् ।

सामूहिक तमु ल्होछार मूल समारोह समितिका संयोजक कर्म तमुको अध्यक्षतामा भएको सो कार्यक्रममा वौद्ध अघौं सदनका अध्यक्ष भुवनसिंह तमु, हितकाजी तमु, र दल वहादुर तमुले मन्तव्य व्यक्त गर्नु भएको थियो । यस अघि कास्कीमा रहेका तमुहरुका १८ वटा संघसंस्थाहरु पोखराको मानव अधिकारचोक चिप्लेढुंगामा भेला भई आ–आफनो भेषभूषा, नाचगान, वाजागाजा र झांकीका साथ निस्केको ल्होछार शुभकामना र्यालीले नगर परिक्रमा गरी पोखरा प्रदर्शनी केन्द्रमा पुगेर सभामा परिणत भएको थियो ।

कमेन्टहरु
Loading...