नारायणलाई हराउदै जयलाल पुनलाई पुन राप्रपा कास्कीको अध्यक्ष

पोखरा, १ फागुन/राप्रपा कास्कीको जिल्ला अधिवेशनले निवर्तमान अध्यक्ष जयलाल पुनलाई कास्कीको जिम्मेवारी सुम्पेको छ । कास्की अध्यक्षका लागि जयलाल पुन र नारायण गुरुङ बिच भएको प्रतिस्र्धामा केहि मतपत्रमा क्रमसंख्या नभएको भेटिए पछि हंगामा भएको हो ।

बिरोध र नाराबाजी पछि निर्वाचन कमिटिले केन्द्रिय निर्वाचन कमिटिलाई मतपत्र पठाएको थियो। अधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि २७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले अन्य सदस्यहरुमा मोतिमान शाक्य, धनुमाया कोइराला, निरु थापा, इश्वरी बैरागी, नेत्रबहादुर बस्नेत, फूलदेवी शाही, कृपा पौडेल, सूर्य बास्तोला, सुष्मा त्रिपाठी, विजुलीप्रसाद गुरुङ्ग, हरिप्रसाद बराल, रञ्जना सेन पौडेल, गणेश बहादुर ढकाल, धर्मेन्द्र थापा, कृष्णराज अधिकारी,रामबहादुर तामाङ्ग, मिना सुवेदी, शर्मिला ओझा, युद्धबहाुदर कोइराला, निर्मल गौतम, कृष्ण बहादुर केसी, प्रकाश कुँवर, सिता जिसी, लालबहादुर शाही, विरेन्द्र ढकाल, हाजिया कुवदिन मियाँ निर्वाचित भएका छन् ।

कार्यसमितिका सदस्यहरुले आइतबार पदस्थापना समेत सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा निर्वाचन कमिटी संयोजक विश्वेश्वर ढकालले पदस्थापन गराए । कार्यक्रममा प्रदेश नं. ४ संयोजक एवं केन्द्रीय सदस्य रमेश बहादुुर भट्टराईले कार्यसमितिलाई बधाई व्यक्त गर्दै सम्पूर्ण राष्ट्रवादी साथीहरु एकजुट भई सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताउँदै कार्यकालको शुभकामना व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष जयलाल पुनले प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै जबसम्म पुख्र्यौली धर्मको रक्षा र हिमाल, पहाड, तराई एक जुट भएर नेपाल र नेपालीको पहिचान, संवैधानिक राजसंस्था प्राप्त नभएसम्म आफू लगायत आफ्नो पार्टीले सधै लडिरहने बताए ।

कमेन्टहरु
Loading...