मधेषी दलका माग सम्बोधन गर्नुपर्दछ -थापा

पोखरा, १ पुष /राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले तीनै तहको निर्वाचन सम्पन्न गर्न मधेशी दलका माग सम्वोधन गरिनु पर्ने वताउनु भएको छ । मिडिया नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहांले मधेशी दल र अन्य जनजातीले राखेका माग पूरा नगरी निर्वाचन गर्दा अपेक्षित सफलता प्राप्त नसकिने उल्लेख गर्नु भयो ।

उहांले सरकारले पेश गरेको संविधान संशोधन प्रस्ताववाट आन्दोलित स्वयं मधेशवादी दलहरुलाई सन्तुष्ट पार्न नसकेको , प्रदेश नं . ५ का जनता आन्दोलित भएका र केही राजनैतिक दलहरुले निरन्तर संसद अवरुद्ध पारिरहेकोले नयां समझदारीका साथ विधेयकलाई अघि वढाउनु पर्नेमा जोड दिनु भयो। अध्यक्ष थापाले विधेयकलाई संसदमा पेश गर्नेै नदिई संसद अवरुद्ध गर्नु प्रजाताािन्त्रक मूल्य र मान्यताले उपयुक्त नभएको विचार राख्नु भयो।

उहांले राप्रपा सत्ता रुढ दल भएपनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आगामी दिनमा गर्ने व्यवहार अनुसार गुण र दोषका आधारमा काम गर्ने धारणा राख्नु भयो । राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जवराले अन्य मुलुकमा भेैm अंगीकृत नागरिकता लिएका व्यक्तिलाई केही वर्षको अन्तरालपछि मात्रै अरु नागरिक सरह मान्यता दिनु पर्नेमा जोड दिनु भयो ।

कमेन्टहरु
Loading...